बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विजय मल्लको उपन्यास ‘अनुराधा’माथि फिल्म बनाउँदै उदय

बुधबार, १० असार २०८३, १२ : ३९
बुधबार, १० असार २०८३

सारांश

  • साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’माथि फिल्म बन्ने भएको छ ।
  • उपन्यासमा पितृसत्तात्मक मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडन र अनुराधाको विद्रोह समेटिएको छ ।
  • पी.आर. सिनेमा प्रालीको ब्यानरमा बन्ने फिल्मको निर्देशक र कलाकार छनोट हुन बाँकी छ, जसको बजेट १ करोड ३५ लाख बताइएको छ ।

काठमाडौँ । साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’ माथि फिल्म बन्ने भएको छ । निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदयले यस कृतिमाथि फिल्म बनाउन लागेका हुन् ।

उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनका बिच अनुराधाले गर्ने विद्रोह समेटिएको छ । फिल्मले पनि सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोरञ्जनात्मक, शैक्षिक तथा सन्देशमूलक कथा पस्किनेछ ।

उपन्यास ‘अनुराधा’माथि फिल्म निर्माणका लागि उदयले चलचित्र विकास बोर्डबाट इजाजत लिइसकेका छन् । फिल्मको लेखक विजय मल्ल नै रहेका छन् ।

पी.आर. सिनेमा प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशक र कलाकार छनौट हुन बाँकी छ । फिल्मको बजेट १ करोड ३५ लाख बताइएको छ । फिल्मको विषयमा विस्तृत जानकारी केही समयपछि सार्वजनिक गरिन निर्माण संस्था पी.आर.सिनेमा प्रालीले जनाएको छ ।

निर्माता उदयले यसअघि चेलिबेटी, अल्पबिराम, कहीँ मिलन कहीँ बिछोड, पहिलो पहिलो माया, मालतीको भट्टी, हाम्रो माया जुनी जुनीलाई, अधकट्टी, मञ्जरी, नमस्ते नेपाल, संरक्षण, शुभ लभ र लाखे आजु (नेवारी तथा नेपाली) निर्माण गरिसकेका छन् । फिल्म ‘लाखे आजु’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।

उदय चलचित्र संघका पुर्व अध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप