इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट
सारांश
- इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
- गाउँपालिकाले कुल बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ २१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
- शिक्षा, स्वास्थ्य, पर्यटन, स्थानीय उत्पादन प्रवर्द्धन, सडक स्तरोन्नति र भवन निर्माण जस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।
चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ४२ लाखको बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा बुधबार बसेको १९औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले आगामी वर्षका लागि कुल ६८ करोड ४२ लाख २८ हजार रुपैयाँ बराबरको बजेट मध्ये चालु खर्चतर्फ ४६ करोड ३९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ २१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटलाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विस्तार, वन–वातावरण संरक्षण तथा सुशासन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष सिलवालले जानकारी दिइन् ।
गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड ११ लाख ८२ हजार रुपैयाँ, सामाजिक विकासतर्फ २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २२ करोड ८६ लाख १३ हजार रुपैयाँ, वन तथा वातावरणतर्फ ८८ लाख ७१ हजार रुपैयाँ सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
विद्यालय भवन निर्माण तथा सुधार, पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकास, इच्छाकामना अस्पताल सुदृढीकरण र रैथाने कृषि तथा संस्कृति संरक्षणका कार्यक्रमहरु बजेटमा समेटिएको उनले बताए । वडास्तरीय पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, भवन निर्माण तथा अन्य स्थानीय आवश्यकतामा आधारित योजनाहरुलाई आगामी वर्षको कार्यक्रममा निरन्तरता दिइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण