ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
- पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी ४५ करोड ६१ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
- प्रशासनिक सञ्चालन, तलब–भत्ता र कार्यालय व्यवस्थापनका लागि ३ अर्ब ७४ करोड ३१ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ ।
काठमाडौंँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेटमा पूर्वाधार विकास र सामाजिक सुरक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । महानगरपालिकाको विनियोजन विधेयक अनुसार विभिन्न क्षेत्रगत विकास कार्यक्रम र प्रशासनिक क्षेत्रमा बजेट बाँडफाँड गरिएको छ ।
महानगरपालिकाले विषयगत विकास कार्यक्रमहरूका लागि कुल ८६ करोड १६ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । विषयगत विकास कार्यक्रमहरूमध्ये सबैभन्दा बढी बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको छ । यस क्षेत्रका लागि ४५ करोड ६१ लाख ६५ हजार रुपैयाँ छुट्याइएको छ ।
शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र समावेश भएको सामाजिक विकासतर्फ १२ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, पर्यटन तथा संस्कृति संरक्षण क्षेत्रका लागि ऐतिहासिक कला, संस्कृति र पर्यटन प्रवद्र्धन भन्दै ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि, उद्यमशीलता तथा आयआर्जनका कार्यक्रम समेटिएको आर्थिक विकास क्षेत्रका लागि ६ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।
शहरी सरसफाइ, हरियाली प्रवद्र्धन र विपद् जोखिम न्यूनीकरणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । संस्थागत विकास अन्तर्गत महानगरको प्रशासनिक सुधार तथा सुशासन सम्बन्धी कार्यका लागि ४ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । व्यवस्थित शहरीकरण र योजना तर्जुमाका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरको प्रशासनिक सञ्चालन, तलब–भत्ता र कार्यालय व्यवस्थापनका लागि कुल ३ अर्ब ७४ करोड ३१ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसमध्ये चालुतर्फ १ अर्ब ५० करोड ३१ लाख ५३ हजार र पुँजीगततर्फ २ अर्ब २३ करोड ९९ लाख ६२ हजार रुपैयाँ रहेको छ । ज्येष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रमका लागि संघीय र आन्तरिक स्रोतसमेत गरी १ अर्ब ६ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
ललितपुरका २९ वटा वडा कार्यालयहरूमार्फत कार्यान्वयन हुने वडास्तरीय योजना र प्रशासनिक खर्चका लागि कुल १ अर्ब ३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फ ७६ करोड रुपैयाँ र बागमती प्रदेश सरकारको ससर्त अनुदानतर्फ २ करोड ३० लाख रुपैयाँ विनियोजन गरी सम्बन्धित क्षेत्रगत योजनाहरूमा परिचालन गरिने महानगरले जनाएको छ ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण