बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी

बुधबार, १० असार २०८३, १६ : ४८
बुधबार, १० असार २०८३

काठमाडौँ । ‘मिस नेपाल २०२६’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक संस्था द हिडन ट्रेजरले फाइल प्रतियोगी सार्वजनिक गर्दै स्यास सेरेमोनी गरेको हो ।

आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

यो वर्ष फाइनलका लागि इशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, काशिश सुब्बा, मानश्वी शर्मा, सुष्मा भण्डारी, प्रतीक्षा आचार्य, आर्या निशान्त, आयुष्मा केसी, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सेजा श्रेष्ठ, रचना भट्टराई रहेका छन् ।

यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ । प्रतियोगिताको फाइनल मिति अहिले घोषणा गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप