रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
चितवन । निर्वाचित हुने रास्वपाको एक महामन्त्री पदमा पाँच जना दाबेदार देखिएका छन् । चितवनमा जारी केन्द्रीय सदस्यको निर्वाचन सकिएसँगै केन्द्रीय पदाधिकारीका दाबेदारहरू मैदानमा उत्रिएका हुन् ।
दुईमध्ये एक महामन्त्री मनोनीत हुने भएपछि अर्को एक पदमा पाँच जना नेताहरूले दाबी गर्न थालेका छन् । जसमध्ये हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा महामन्त्रीको दाबेदारका रूपमा मत मागिरहेका छन् ।
त्यस्तै, दुई उपसभापतिका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारी दाबेदारका रूपमा देखिएका छन् । निर्वाचित हुने ३ सहमहामन्त्रीका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा.अंकिता यादव दाबेदारका रूपमा अघि बढाएका छन् ।
१९ सदस्यीय रास्वपाको केन्द्रीय पदाधिकारीमा बाँकी पदमा भने सभापतिले मनोनयन गर्नेछन् । निर्वाचित हुने केन्द्रीय पदाधिकारी सहमतिमार्फत चयन गर्न नेतृत्वबिच छलफल भइरहेको बताइएको छ । यदि सहमति नजुटे मतदानको प्रक्रियामा जाने अन्तिम विकल्प बाँकी रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
-
तनहुँ-कास्कीबिच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण