रास्वपा महाधिवेशन
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खस्यो, १० जनाले गरेनन् मतदान
बिहीबार, ११ असार २०८३, १५ : ३८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खसेको छ।
- कुल ३ हजार ८५९ प्रतिनिधिमध्ये ३ हजार ८४९ जनाले मतदान गरेका छन्, जसले गर्दा १० जनाले मतदान गरेनन्।
- रास्वपाको महाधिवेशन चितवनमा जारी छ र यस निर्वाचनमा ३७९ जना उम्मेदवारमध्येबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८४९ मत खसेको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कुल प्रतिनिधि ३ हजार ८५९ मध्ये ३ हजार ८४९ जनाले मत खसालेका हुन्। यसरी हेर्दा १० जनाले मतदान नगरेकाे देखिएकाे छ। उनका अनुसार ७६.८० प्रतिशत सहभागिता रहेका आयोगले जानकारी दिएको छ।
निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन गत आइतबारदेखि चितवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण