हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
सारांश
- रोबर्ट फ्रस्ट विश्व साहित्यका एक प्रख्यात कवि हुन् जसले प्रकृति र जीवनको जीवन्त चित्रणका लागि चिनिन्छन् ।
- उनले आफ्नो जीवनकालमा चारपटक पुलित्जर पुरस्कार प्राप्त गरेका थिए र उनका 'अ बोइज विल' तथा 'नर्थ अफ बोस्टन' जस्ता धेरै पुस्तकहरू प्रकाशित छन् ।
- प्रस्तुत छ, उनको चर्चित कविता 'स्टपिङ बाई उड्स अन अ स्नोई इभिनिङ'को नेपाली अनुवाद ।
रोबर्ट फ्रस्ट विश्व साहित्यका चम्किला तारा हुन् । सहज भाषा र सरल शैलीमा प्रकृति र जीवनको जीवन्त चित्र उतार्न सक्ने फ्रस्ट सन् १८७४ मा अमेरिकाको सान फ्रान्सिस्कोमा जन्मिएका हुन् ।
प्रकृति, ग्रामीण जीवन, एकान्तपना, नैतिक छनोट तथा जीवनको महत्त्वबारे लेख्ने फ्रस्टका धेरै कविताहरू आज पनि त्यति नै सान्दर्भिक लाग्छन् । आफ्नो जीवनकालमा चारपटक पुलित्जर पुरस्कार पाउने फ्रस्ट एक मात्र कवि हुन् ।
‘अ बोइज विल’ तथा ‘नर्थ अफ बोस्टन’लगायत उनका ९ वटाभन्दा धेरै पुस्तकहरू प्रकाशित छन् । ‘द रोड नट टेकन’, ‘मेन्डिङ वाल’लगायत धेरै रचनाका लागि उनी अहिले पनि उत्तिकै चर्चित छन् ।
हामीले उनै विश्वप्रसिद्ध कविको संसारभर सराहना गरिएको ‘स्टपिङ बाई उड्स अन अ स्नोई इभिनिङ’को नेपाली अनुवाद पस्केका छौँ ।
हिउँ परेको साँझ जङ्गलछेउ रोकिँदा
यो जङ्गल कसको हो भन्ने मलाई थाहा छ जस्तो लाग्छ ।
तर उसको घर उता गाउँमा छ,
म यहाँ रोकिएको उसले देख्दैन ।
हिउँले छप्पक्क ढाकेको आफ्नो जङ्गल हेरेको पनि देख्दैन ।
पक्कै पनि मेरो सानो घोडा अनौठो मानिरहेको होला
बास बस्ने टहरोसमेत नभएको ठाउँमा किन रोकिएको भन्ठान्दो होला
अझ जङ्गल र चिसोले जमिसकेको पोखरीको बीचमा,
त्यो पनि वर्षकै सबैभन्दा अँध्यारो साँझमा ।
बजाइदिन्छ आफ्नो घाँटीको घण्टीलाई
कतै गल्ती पो भएको हो कि भनेर सोध्नलाई
त्यसबाहेक अरू कुनै आवाज छैन, यहाँ छ त केवल सुसेली
त्यो पनि सिरिसिर बतास र मुलायम हिमकणको ।
जङ्गल मनोरम छ, अन्धकार र गहन छ
तर मलाई त आफ्नो वाचा पूरा गर्नु छ
र सुत्नुअघि अझै धेरै कोस हिँड्नु छ,
र सुत्नुअघि अझै धेरै कोस हिँड्नु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण