आगामी तीन दिन भारी वर्षा : कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गरेको छ ।
- कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
- वर्षासँगै देशका विभिन्न भागमा हावाहुरीको समेत जोखिम रहेको जनाइएको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकभर वर्षाको गतिविधि बढ्ने प्रक्षेपण गरेको छ । साथै उच्च सतर्कता अपनाउन पनि भनेको छ । शनिबार राति एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले भोलि र पर्सि पानी पर्ने क्रम झनै बढ्दै जाने जनाएको छ ।
महाशाखाले सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको देखाएको छ । यस्तै, मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान पनि गरेको छ ।
वर्षासँगै देशका विभिन्न भागमा हावाहुरीको समेत जोखिम रहेको जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साथै मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ।
महाशाखाले मौसममा आउने यो परिवर्तनसँगै हुन सक्ने सम्भावित प्राकृतिक जोखिमबाट बच्न विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन सबैमा अनुरोध गरेको छ । वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, यातायात र कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र आफ्ना कामहरू अगाडि बढाउन भनिएको छ ।
नेपालमा यस वर्षको मनसुन औसत समयभन्दा तीन दिन अगाडि नै प्रवेश गरेको थियो । जेठ २८ गते कोशी प्रदेश हुँदै नेपाल छिरेको मनसुन अहिले देशभर सक्रिय छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने तालिका रहे पनि यस वर्ष केही अगाडि नै सुरु भएको मनसुनले देशभर वर्षाको प्रभाव देखाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण