अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
सारांश
- इरानले अमेरिकाले युद्धविरामको समझदारीको स्पष्ट उल्लङ्घन गरेको जनाएको छ ।
- अमेरिकी सेन्ट्रल कमाण्डले इरानका १० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।
- अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधाहरूमाथि मिसाइल र ड्रोनमार्फत निशाना बनाएको छ ।
तेहरान । इरानले शनिबार भएको अमेरिकी हवाई आक्रमणलाई अमेरिका–इरानबिच जुन १८ मा भएको युद्धविरामसम्बन्धी समझदारीको स्पष्ट उल्लङ्घन भएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमेरिकामाथि आफ्ना प्रतिबद्धताप्रति कुनै सम्मान नरहेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले अमेरिकी शासनले आफ्ना प्रतिबद्धतालाई कुनै महत्त्व नदिने र वाचा तोड्नु नै त्यस शासनको स्वभाव भएको कुरा फेरि प्रमाणित गरेको छ,’ ।
यसअघि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले अमेरिकी नौसेना र वायुसेनाले स्टेट अफ होर्मुज आसपास रहेका इरानका १० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको थियो । अमेरिकाले उक्त कारबाही इरानले एक व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ भएको दाबी गरेको छ ।
अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधाहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानले अमेरिकी सैन्य आक्रमणविरुद्ध आफ्नो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ संकल्प दोहोर्याएको छ,’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण