शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
काठमाडौँ । गायक शिव परियार ‘म्युजिक खबर दशक संगीत सम्मान-२०८२’ बाट सम्मानित भएका छन् । काठमाडौँमा आयोजित १३औं म्युजिक खबर म्युजिक अवार्ड’ समारोहमा उनलाई पूर्व उपराष्ट्रपति परमानन्द झाले सम्मान गरे ।
यो सम्मानले आफूलाई नेपाली संगीतप्रति भविष्यमा थप जिम्मेवार बन्दै अघि बढ्न प्रेरणा प्रदान गरेको शिव बताए ।
‘यो सम्मान मेरो मात्र होइन । यो त यहाँहरू (श्रोता-दर्शक)को माया र साथको प्रतिफल हो,’ उनले भनेका छन्, ‘मेरो आवाजलाई यति माया दिनुभएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाली सङ्गीतप्रति सदैव जिम्मेवार रही साङ्गीतिक यात्रा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।‘
नेपाली सुगम संगीत, गजल र पार्श्व गायन सबै जनरामा अब्बल गायक शिव परियार दुई दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन् । उनका फेवातालमा साइँली, धेरै चोटि मरें, कहाँ थियौ तिमी रंगमञ्च, अलिकति नजर तिम्रो, क्या दामी भो, सुन्छु तिमीले मलाई, संगी डुब्दै छु, पिलायो साथीले, फूलैफूल दिन्छौ कि, आँसुको अर्थ, चुपचाप लगायत दर्जनौं गीत लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण