नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएका छन्।
- मोरक्कोका कप्तान अश्रफ हाकिमी र नाइल एल आयनाउईको प्रयासलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले उत्कृष्ट बचाउ गरे।
- नेदरल्यान्ड्सका मिकी भान डे भेनको शक्तिशाली प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले शानदार बचाउ गर्दै गोल हुन दिएनन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएका छन्।
मेक्सिकोको एस्टाडियो मोन्टेरेमा भइरहेको खेलमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

मोरक्कोले पहिलो हाफमा केही खतरनाक आक्रमण बुनेको थियो। कप्तान अश्रफ हाकिमीको शक्तिशाली प्रहार तथा नाइल एल आयनाउईको प्रयासलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे।

यता पहिलो हाफको अन्त्यतिर नेदरल्यान्ड्सले पनि दबाब बढाएको थियो। मिकी भान डे भेनको शक्तिशाली प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले शानदार ढंगले माथिबाट बाहिर पठाउँदै गोल हुन दिएनन्।
डच डिफेन्डर यान पाउल भान हेके पहिलो हाफमा टाउकोमा चोट लागेपछि केही समय उपचारमा रहे पनि खेलमा फर्किएका थिए।

दुवै टोलीले बल नियन्त्रणमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अन्तिम तेस्रो भागमा प्रभावकारी फिनिसिङ गर्न नसक्दा पहिलो ४५ मिनेट गोलरहित बराबरीमा सकिएको हो।
यस खेलको विजेताले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण