‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
सारांश
- फिल्म 'झिँगे दाउ २'को पहिलो गीत 'महिमा आमाको' सार्वजनिक भएको छ, जसमा आमाको महिमा गाइएको छ ।
- गीतमा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, आर्यन सिग्देल, हिउँवाला गौतम, वसुन्धरा भुसाल र चैत्यदेवी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।
- गत वर्ष सुपरहिट भएको 'झिँगे दाउ'को सिक्वेल 'झिँगे दाउ २' असोज २ गतेबाट प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । फिल्म ‘झिँगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतले आमाको महिमाको बयान गर्छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुतिमा तयार फिल्मको गीतमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा, आर्यन सिग्देल, हिउँवाला गौतम, वसुन्धरा भुसाल, चैत्यदेवीलाई देख्न सकिन्छ । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायाङ्कन छ । फिल्ममा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ ।
३ वर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिँगे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसको सिक्वेलको रुपमा तयार भएको ‘झिँगे दाउ २’ले पनि असोज २ गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण