मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो

मङ्गलबार, १६ असार २०८३, ११ : १५
मङ्गलबार, १६ असार २०८३

सारांश

  • नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।
  • आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ।

महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम गरिएको छ । 

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६७४ रुपैयाँ कायम भएको छ। न्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप