शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम गर्दा युवती कुटपिट प्रकरणः आरोपी  ६ जनामाथि  ६ दिनको म्याद

आइतबार, ०८ साउन २०७४, १४ : ००
आइतबार, ०८ साउन २०७४

राधेश्याम विश्वकर्मा
भैरहवा– प्रेम गरेको भन्दै रुपन्देहीको मर्चवारमा आफ्नै छोरीलाई निर्घात कुटपिट गर्ने बाबु सहित ६ जनालाई रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागी ६ दिनको म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेले उनिहरुलाई थप अनुसन्धानको लागी अदालतले ६ दिनको म्याद थप गरेको जानकारी दिए ।
सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीका ४६ बर्षिय ईन्नर यादवले छोरी मिना यादव प्रेम सम्बन्धमा रहेको थाहा पाए पछि उनी सहित युवकलाई निर्घात कुटपिट गरेका थिए । कुटपिट गरिएको खबर सार्वजनिक भएपछि प्रहरीले अग्रसरता देखाउँदै बाबु ईन्नर यादवलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । 
पिडितले दिएको जाहेरीको आधारमा यादव सहित कुटपिटमा संलग्न युवतीका ठूलाबाबु ५६ बर्षिय लालमोहन अहिर यादव, दाजु १८ बर्षिय दिनेश यादव, छिमेकी १८ बर्षिय भुल्लर यादव, २५ बर्षिय प्रभुपति कोईरी र १८ बर्षिय दयानन्द यादवलाई समेत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
कुटपिटमा ६ जना संलग्न रहे पनि प्रहरीले अहिले सम्म १ जनालाई मात्र पक्राउ गर्न सफल भएको छ बाकी ५ जना फरार रहेको प्रहरी प्रवक्ता बेल बहादुर पाण्डेले बताए । उनले अभियुक्तहरु सीमा पारी भागेको हुन सम्ने सम्भावना ब्यक्त गरे । फरार अभियुक्तहरुको खोजी कार्य जारी रहेको पाण्डेले बताए ।
दोषीहरु आरोपित मुद्दा अनुसार कसुरदार देखिए १० बर्ष सम्मको कानूनी सजाय हुन सक्ने प्रावधान रहेको डिएसपी पाण्डेले जानकारी दिए । यो सजाय भनेको कर्तव्य ज्यान मुद्दाको आधा हो ।
यता घरका सबै जना फरार रहे पछि पिडित किशोरी मिना यादव भैरहवामा रहेको माईती नेपालको संरक्षणमा रहेकी छिन् भने केटा दिनेश लोधलाई काकाको जिम्मा दिईएको पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राधेश्याम विश्वकर्मा
राधेश्याम विश्वकर्मा
लेखकबाट थप