बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

घरको तला खस्दा सल्यानमा आमा छोराको ज्यान गयो

बिहीबार, ०१ असार २०७४, १० : ३१
बिहीबार, ०१ असार २०७४

तुलसीपुर – सल्यानमा घरको तला खसेर आमा छोराको ज्यान गएको छ । 


ज्यान जानेमा छत्रेश्वरी गाउँपालिका–२ दमाचौर निबासी २४ बर्षकी सुशीला घर्ती र उनका १८ महिनाका छोरा टिकाराम घर्तीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।  


‘घरको छानोफेर्ने क्रममा डाँडाभाटा खसेर बुइँगलमा आएछ, त्यो पनि खसेर तल्लो तलामा आएपछि त्योपनि खसेर बच्चा र अमालाई च्यापे छ,’ प्रनाउन खत्रीले भने ।
डाँडाभाटा किराले खाएर धुलिएको छानो खसेको र तलाले भार थाम्न नसकेर दुर्घटना भएको सल्यान प्रहरीले बताएको छ । 


घटना विहान करिब ८ बजे भएको प्रहरीले बताएको छ । सोही ठाउँका खेगेन्द्र घर्तीको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप