सेवाग्राही फर्काएर स्थानीय तहका कर्मचारी धर्नामा
बुटवल–स्थानीय तहका कर्मचारीको आन्दोलनले देशभरका स्थानीय तहका कामकाज प्रभावित भएका छन् ।
स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलित कर्मचारीहरूका कारण सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।
५ नम्बर प्रदेशको राजधानी बुटवल उपमहानगरपालिकामा बसाइँसराईको कामको लागि पुगेका कालिनगरका कृष्ण खनालले कर्मचारी धर्नामा बसेपछि आफ्नो काम हुन नसकेको गुनासो रातोपाटीसँग गरेका थिए ।
कर्मचारी समायोजन अध्यादेश प्रमाणीकरण गरेपछि मंसिर २३ गतदेखि कर्मचारीहरु आन्दोलित छन् । कर्मचारी समायोजन अध्यादेश आफू अनुकल नआएपछि देशभरकै स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएन केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नम्बर पाँचका संयोजक सितुप्रसाद श्रेष्ठले आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
स्थानीय निकायका कर्मचारीको तहगत बढुवा तथा श्रेणीविहीनको स्तरवृद्धि गरिनुपर्ने, कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविकका स्थानीय निकायकाका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गरिनुपर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालको सेवा निरन्तता गर्नुपर्ने लगायतका माग उनीहरुको रहेको छ।

कर्मचारीको आन्दोलनले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका लगायत धेरै स्थानीय तहका कामकारवाही प्रभावित भएका छन् । कर्मचारीहरु हाजिर गरेर धर्नामा बसेका छन् । प्रदेश नम्बर पाँचमा १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर पाँचमा ३ हजार कर्मचारी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण