चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ
शुक्रबार, १३ साउन २०७४, ०९ : ३३
भक्तपुर । प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थिती पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला थान १ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा. १० शिखरपुर बस्ने बर्ष २७ को जीवन तामाङ, दोलखा तामाकोशी गाउपालिका २ बस्ने बर्ष २७ को सुरेन्द्र पाख्रिन र भिमेश्वर न.पा. ९ बस्ने बर्ष २० को सिंह विर तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी निरिक्षक राज कुमार सिंह सहितको प्रहरी टोलीले पक्राउ गरी जिल्ला वन कार्यालय भक्तपुर बुझाइएको हो । यसबारेमा थय अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण