क्रिकेट रंगशालाको लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ
शुक्रबार, २५ माघ २०७५, १२ : २३
गत १६ माघमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ अभियानलाई लिएर मलेसिया पुगेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले त्यहाँ भब्य कार्यक्रम आयोजना गरेका छन् ।
लोक गायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारी सहित धुर्मुस सुन्तली मलेसिया पुगेका थिए ।
उनीहरुले मलेसियाका तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ आयोजना गरेका हुन् ।
फेब्रुअरी ५ मा क्वालालम्पुर, ६ मा पेनाङ एसटी एन्नी चर्चमा आयोजित कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिए । मलेसियाकै जोहर बारुमा आगामी १० तारिकमा कार्यक्रम हुनेछ ।
झन्डै तीन अर्बको लागत अनुमान गरिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो सहयोग हुने विश्वास आफूलाई भएको सिताराम कट्टेल कार्यक्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण