लागूपदार्थ विक्रि गर्दैगर्दा तीन युवा पक्राउ
मङ्गलबार, १७ साउन २०७४, १६ : ४९
भक्तपुर –प्रहरीले प्रतिबन्धित लागू औषध बिक्रि गर्दैगर्दा तीन युवालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमीको टोलीले भक्तपुर च्यामासिंहबाट लागू औषध बिक्रि गर्दै गरेको अवस्थामा मंगलबार दिउँसो भक्तपुर नगरपालिका १ नम्बर वडाका १८ वर्षिय श्रीकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिका ७ नम्बर वडा जगातीका १९ वर्षीय सविन टमाचो र सोही नगरपालिका ६ नम्बर वडाका १९ वर्षीय सोभित कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट निट्राभेन १० नामको प्रतिबन्धीत लागूऔषध २० पत्ता, नगद रु २ हजार ७ सय र तीन थान मोवाइल बरामद गरेको छ ।
उनीहरुलाई थप अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण