कोरिया रोजगारीका लागि १० हजार बढीको आवेदन माग
काठमाडौँ – कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम खुलेको छ । मंगलबार कोरिया शाखा ग्वार्कोले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको छ ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयको समझदारी पत्र (MoU) अनुसार रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा लैजान प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।
यो वर्ष कोरियाका लागि १००५० जनाको आवेदन मागिएको छ । जसअन्तर्गत उत्पादनमुलक र कृषि तथा पशुपालन क्षत्रमा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
आवेदन फारम चैत ८ देखि १७ गतेसम्म भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीषा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण