मलेसियाबाट धुर्मुस सुन्तलीलाई २ लाख ३३ हजार सहयोग
काठमाडौं–धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन् लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले आर्थिक सहयोग गरेका छन् ।
जेसिवाइ कम्पनिमा कार्यरत ६ सय २१ जना श्रमिकहरुले आइतवार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात २ लाख ३३ हजार ९ सय ८२ रुपैँया नेपाली सहयोग पठाएका हुन् ।
सहयोग रकम पठाउँदै उनीहरुले सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गरेका छन् ।
यो कम्पनीमा कार्यरत श्रमिकहरुले यसअघि पनि थुप्रैपटक सामाजिक कार्यका लागि सहयोग संकलन गरेर पठाएका थिए । धुर्मुस सुन्तलीले मलेसियाको कम्पनीमा रहेर काम गर्दा पनि देशका बिकास चाहने सबै नेपालीहरुलाई धन्यवाद दिए । ‘उहाँहरुले जस्तै सबैले आफ्नो देशको बिकासका लागि थोरै थोरै सहयोग गरे पक्कै देश बिकास हुन धेरै समय लाग्दैन’ धुर्मुसले भने ‘सहयोग आर्थिक मात्र होईन् हरेक किसिमको हुन सक्छ ।’
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि देशबिदेशबाट सहयोग उठ्ने क्रम जारी छ । अहिले धुर्मुस सुन्तली संगैं अभियानमा थुप्रै कलाकारहरु समेत जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई इन्डियन्समाथि लखनउको सहज जित
-
श्रमजीवीको अधिकारको सुनिश्चितता नभएसम्म विकास र रूपान्तरण सम्भव छैन : प्रदेश प्रमुख परियार
-
संविधान बमोजिम श्रमिकको हक, हितको प्रबन्ध गर्न सबैको साझा प्रतिबद्धता आवश्यक छ : सभामुख घिमिरे
-
रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट
-
अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ
-
नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज, शृङ्खला १–१ को बराबरीमा