नेपाली अमेरिकन सम्पदा दिवस सम्पन्न
डिसी । अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा पहिलो पटक आयोजना गरिएको नेप्लिज अमेरिकन हेरिटेज डे अर्थात् नेपाली अमेरिकन सम्पदा दिवस सम्पन्न भएको छ ।
उक्त दिवसमा नेपालका लागि पूर्व राजदूत स्कट डेलेसी तथा प्रसिद्ध वरिष्ठ लोक गायक प्रेम राजा महतलाई सम्मान गरिएको छ । गत अप्रिल २० तारिखका दिन सम्पन्न नेप्लिज अमेरिकन हेरिटेज डे हर्नडन शहरको हर्नडन माध्यमिक बिद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
अमेरिकामा नेपाली मूलका नेपालीहरु अमेरिकी राजनीतिको मूलप्रवाहमा प्रवेश गरिरहेको अवस्थामा सन् २०१८ को चुनावमा प्रदीप ढकाल हर्नडन शहरको परिषद सदस्यमा निर्वाचित भएपछि ढकालको पहलमा हर्नडन शहरले हरेक वर्ष अप्रिलको तेस्रो हप्ता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरे अनुसार प्रथम नेप्लिज अमेरिकन हेरिटेज डे सफलता पूर्वक सम्पन्न भएको हो ।
उक्त घोषणा पत्र आदर्श नेपाली समाजका सकृय सदस्य एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीले बुझेका थिए ।

कार्यक्रममा सम्मानित भएपछि नेपालका लागि पूर्व राजदूत स्कट डेलेसी तथा गायक तथा महा बाणिज्यदूत प्रेम राजा महत, हर्नडन नगर परिषद सदस्स प्रदिप ढकाल तथा मेरिल्याण्ड राज्यका लागि विधान सभा सदस्य एचपी ह्यारी भण्डारीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल झल्काउने विविध झॉकी, लाखे नाच ,सॉस्कृतिक कार्यक्रम अवलोकन गर्न हर्नडनका नगर प्रमुख ,वर्तमान र पूर्व पदाधिकारीहरु ,नेपाली मूलका अमेरिकन मूलधारमा प्रवेश गर्ने ह्यारी भण्डारी ,हे मार्केट शहरका नगर परिषद सदस्य मधु पन्थी ,नेपाली समुदायका विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण