एनआरएन एनसीसी ‘युथ को–अर्डिनेटर’ मा प्रितमको उम्मेदवारी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा हुन गइरहेको छ ।
युरोप तथा मध्य पूर्वका देशहरुलगायतमा फैलिएको गैरआवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र यो संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ ।
यस्तैमा (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचनमा सुनसरीको कोशी गाउँपालिका –५ का प्रितम कुसियतले ‘युथ को–अर्डिनेटर’ मा उम्मेद्वारी दिएका छन् ।
उम्मेदवारी दर्ता गर्दै उनले अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई सामाजिक क्षेत्रमा सेवाभाव जगाउँदै एनआरएनएमा सहभागिता अभिवृद्वि गर्ने उद्देश्य रहेको बताए । उनले भने, ‘यो उद्देश्यहरु पूरा गर्न म सँग स्पष्ट रुपमा योजनाहरुको खाका छ ।’
‘युथ को–अर्डिनेटर’ का प्रत्याशी कुसियतले पुरा हुन नसकेका कार्यलाई पुरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएनलाई नयाँ उचाइमा पु¥याउने चुनावी एजेन्डा अघि सारेका छन् । उनले भने, ‘एनसीसीलाई विवादमुक्त संस्था बनाउनेछु ।’
अमेरिकामा रहेर सयौं नेपालीलाई रोजगार दिइराखेका उनी युवा व्यवसायी हुन् । हाल अमेरिकाको सिकागो सशरमा बस्दै आएका छन् । उनले युनाइटेड नेप्लिस एसोसियसनमा UNA-MID WEST REGIONAL CORDINATOR को अनुभव बटुलिसकेका छन् ।
उनी USA IT CORPORATION का संचालक हुन् । ‘यो संस्थामा लाग्नु मुख्य उद्देश्य अमेरिकामा रहेका युवाहरुलाई एकीकृत गरेर मूलधारमा ल्याउनु हो’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण