एनआरएन अमेरिकाको चुनाव रोक्न माग गर्दै मुद्दा
डिसी –आगामी मे १८ र १९ मा तय भएको एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ ।
बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व उपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् ।
उनीहरुले निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न पनि माग गरेका छन् । मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।
चुनावमा बिश्व बराल, भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी र अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ का निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाइएको छ ।
एनआरएनको चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउनु पर्ने र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत माग गरिएको छ ।
आसन्न निर्वाचनको लागि उम्मेदारहरुका प्रचार प्रसारमा लागिपरेको बेला अदालतमा मुद्दा दायर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण