आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अबैध सुनसहित रौतहटबाट एक जना पक्राउ

शुक्रबार, २० वैशाख २०७६, ०८ : ३९
शुक्रबार, २० वैशाख २०७६

रौतहट - रौतहट प्रहरीले शुक्रबार बिहान एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । विषेश सुचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका, ५ का अनुुकेश कुमार साहलाई पक्राउ गरेको हो ।

लामो समयदेखि अबैध सुन व्यापार गर्दै आएको सुचनाका आधारमा  साहलाई पक्राउ गरेको हो । काठमाडौंबाट आएको रात्री बसबाट आर्लिदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए । उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजाने आशंका गरिएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप