रौतहटको कटहरिया बजारमा सिसी टिभी क्यामरा जडान
रौतहट । रौतहटको कटहरियालाई सुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरिएको छ ।
समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरिएको हो ।
१२ औँ गणतन्त्र दिवसको अवसरमा एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश सांसद कुन्दन कुश्वाहा, रौतहटका सिडिओ किरण कुमार थापा, नेपाल प्रहरीका एसपी भुपेन्द्र खडकाले संयुक्तरुपमा सिसी टिभीको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा प्रमुख अतिथि सांसद कुश्वाहाले बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडानले भोलिको दिनमा स्मार्ट नगरपालिका बनाउनका लागी पहिलो खुडकिलो रहेको पार गरेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि सिडिओ किरण थापाले ऐतिहासिक बजार कटहरियामा सिसी टिभी क्यामरा जडानले चोरीलगायत विभिन्न अपराधमा नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
एसपी भुपेन्द्र खत्रीले जनताको प्रत्यक्ष सुरक्षा गर्न र नेपाली जनताको मनसँग जोडिन समुदाय प्रहरी साझेदारीको अवधारणा नेपाल सरकारले अघि सारेको बताए ।
सोही अवधारणाअनुरुप कटहरिया बजारमा सिसीटिभी क्यामरा जडान हुनुले नगरको गरिमा मात्र बढेको होइन अपराधसमेत न्युन हुने विश्वास व्यक्त गरे ।
कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाको पहलमा नगरपालिकाको कुल १५ लाख एकहजार रुपैयाको लगानीमा बजार क्षेत्र अन्तरगत तत्काल ९ वटा नाइटभिजन सिसीक्यामरा र पाँच स्थानमा सामान्य गरी १४ स्थानमा सिसी टिभी क्यामरा, ३५ स्थानमा सेन्सर भेपरलाइट जडान गरिएको लेखा अधिकृत रामप्रकाश साहले बताए ।
नगरप्रमुख कुश्वाहाले बजारक्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन यसै हप्ताभित्र अझै ९ वटा सिसीटिभी क्यामरा जडान गरिने जानकारी दिए ।
उदघाटन समारोहमा नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साह, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान विभागका एसपी अभिनय कुमार सिंह लगायतकाले शुभकामना मन्तव्यका साथै सिसी टिभी क्यामरा जडानका सराहना गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण