युरोप पठाइदिन्छु भन्दै ५१ लाख ठगेको आरोपमा एक व्यक्ति पक्राउ
बुधबार, ०१ साउन २०७६, १९ : ५८
१
काठमाडौ– युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका ४ का नविनकुमार चौधरी ठगी आरोपमा पक्राउ परेका हुन् ।
चौधरीले युरोप पठाइदिन्छु भन्दै बसन्त केसी लगायतसँगबाट ५१ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ ।
सोही आरोपमा केसी लगायतले दिएको जाहेरीका आधारमा प्रहरीले चौधरीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।