द्वितिय सचिवको जिम्मामा दक्षिण कोरियाको नेपाली दूतावास
सोल–सरकारले नियुक्तिमा ढिलाइ गर्दा दक्षिण कोरियास्थित नेपाली दूतावास राजदूतविहीन बनेको छ ।
पूर्ववर्ति सरकारले गरेको मनोनयनलाई खारेज गर्नेक्रममा वर्तमान सरकारले ६ महिनाअघि राजदूत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको थियो ।
त्यसयता दूतावासमा किरण शाक्यले दक्षिण कोरियाका लागि कार्यबाहक राजदूतको जिम्मेबार बहन गर्दै आइरहेकोमा उनको कार्यकाल पनि समाप्त भएपछि जुलाई २६ देखि परराष्ट्र मन्त्रालय फिर्र्ता भएका छन् ।
अहिले दूतावास द्धितिय सचिब उद्धब न्यौपानेको भरमा चलिरहेको छ । ईपीएस माध्यमबाट लगभग चालीस हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेका कोरियास्थित दूतावास केही दिन उनकै भरमा चल्नेछ ।
यसैबीच परराष्ट्र मन्त्रालयले कार्यबाहक राजदूतको समेत जिम्मेवारी सम्हाल्ने गरि राम सिंह थापालाई कोरिया पठाउने तयारी गरेको बताइएको छ। उनी हाल कन्सुलर सेवा विभागका डाइरेक्टर छन् ।
दक्षिण कोरियामा सन् २००७ मा नेपाली दूतावास स्थापनापश्चात हालसम्म कमल प्रसाद कोइराला, कमानसिंह लामा र अर्जुनजंग बहादुर सिंह नियुक्त भएका छन् । तर सिंहले पूरा कार्यकाल बिताउँन पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण