पाँच नम्बर प्रदेशका विभिन्न ठाउँमा एनसेल टावरमा आगजनी, धेरै टावरहरु ध्वस्त
गत राती पाँच नम्बर प्रदेशका विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउँमा रहेको एनसेलको टावर पूर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लगाइएको थियो । जसलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको स्थानीयले जनाएका छन् ।
आगो कसले र किन लगाएको हो भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी नायव उपरिक्षक घर्मराज भण्डारीलmे रातोपाटीलाई बताए ।
यता, अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा आगजनि भएको छ । आगोलागीबाट टावरमा क्षति भएको प्रहरीको भनाइ रहेको छ । आगो कसले र किन लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यता पूर्वी नवलपरासीको कावासोती–१० मगरकोटमा रहेको एनसेलको टावर गय राति अज्ञात समुहद्वारा आगजनि गरेको छ ।
आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । टावरमा लागेको स्थानीय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगजनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
लुम्बिनीका कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा समेत एनसेलको टावर आगजनी भएको जानकारी स्थानीयले दिएका छन् । लुम्बिनी मात्र नभइ देशभर विभिन्न जिल्लामा यसरी आक्रमण गरिएको देखिएको छ । केही समय अगाडी पनि यसरी विप्लव नेतृत्वको नेकपाले देशभर एनसेलमाथि आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण