रातोपाटी फलोअप : २५ दिन मै सम्पन्न भएको ६० लाखको सभाहलको छानविन गर्न अख्तियारको टोली पुग्यो
बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाले असारको मुखमा निर्माणको सभाहलको गुणस्तरमाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुनसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।
६० लाखको सभाहल २५ दिन मै सम्पन्न गरेको बारे समाचार रातोपाटीमा प्रकाशित भए लगत्तै बुटवलस्थित अख्तियारको टोली आज उक्त स्थानमा मूल्याङ्कन गर्न पुगेको हो ।
६० लाखको सभाहल २५ दिनमै सम्पन्न, पर्यो छानविनको दायरामा
गाउँपालिकाको वडा नम्बर–३ दर्लामचौर ठाडुङ्गामा गत जेठ २८ गते सभाहल निर्माण गर्ने उपभोक्ता समितिबाट निर्णय गराइएको थियो । निर्णयपछि निर्माण शुरु गरिएको सभाहल २५ दिनभित्र सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताएका छन् ।
भवन निर्माणको जिम्मा विष्णुप्रसाद अधिकारीलाई दिइएको थियो । उनीबाट पारिश्रमिक पाउने गरि कोषाध्यक्ष खड्कबहादुर खत्रीलाई समेत रेखदेखका लागि नियुक्त गरिएको निर्णय गरिएको थियो ।
यता, विपक्षी दलले भने उक्त भवन निर्माणमा अनियमितता भएको र खर्च भएको रकमको तुलनामा गुणस्तरहीन भवन निर्माण भएको आरोप लगाएपछि छानविनका लागि अख्तियारको टोली गुल्मी पुगेको हो ।
अख्तियारको टोली आज त्यस स्थानमा अनुसन्धान गर्न पुगेको बुटवलस्थित अख्तियार अनुुसन्धान आयोगका प्रबक्ता सुरेश भुसालले जानकारी दिए ।
‘अख्तियारको टोलीले नाप जाँच गरि फर्किएको छ,’ विपक्षी राजनैतिक दल नेपाली कांग्रेसको तर्फबाट सहभागि भएका रामप्रसाद पन्थले भने ।
अख्तियार टोलीसंगै ईस्मा गाउँपालिका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक विमला खत्री र वडा नम्वर ३ का वडाध्यक्ष तोयनाथ सापकोटा पनि पुगेको बताइएको छ ।
ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले भने, ‘पारदर्शीताका सवालमा कोही कसैलाई नछाड्ने भन्दै छानविन समिति गठन गरेको बताएका छन् ।
कमजोरी भए–नभएको अनुसन्धान पछि मात्र खुल्ने आयोगका प्रबक्ता भुसालले रातोपाटीलाई बताए ।
उक्त गाउँपालिका भवन बिना टेन्डर हतार जेठ २८ गते उपभोत्ता समितिले स्थानीय विष्णु अधिकारीलाई जिम्मा दिएको थियो ।
भवन निर्माणको जिम्मा पाएका अधिकारी त्यसै वडाका वडाध्यक्ष सापकोटाका आफ्नै छोरी ज्वाइँ हुन् । विपक्षी राजनैतिक दल नेपाली काँग्रेसका नेता कार्यकर्ताले आफ्नै ज्वाइँलाई सभाहल निर्माणको जिम्मेवारी दिइएको र पारदर्शी हुन नसकेको भन्दै आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण