बाढीपछि रौतहटमा सर्पको बिगबिगी, तर एन्टी स्नेक भेनम नहुँदा समस्या
रौतहट । रौतहटको प्रमुख बजार कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प टोकाइ बिरुद्धको सुई (एन्टी स्नेक भेनम) उपलब्ध नहुँदा बिरामीलाई ठूलो समस्या भइरहेको छ ।
अबिरल वर्षापछि विभिन्न नदीहरुमा आएको बाढीसँगै गाँउघरमा सर्पको टोकाइको घटना बढेको छ । तर, सिङ्गो क्षेत्रको कुनै पनि स्वास्थ्य केन्द्रहरुमा सर्प टोकाइ बिरुद्धको सुई नहुँदा उपचारको लागि ४० किलोमिटर टाढासम्म पुग्नुपर्ने बिरामीहरुको बाध्यता छ ।
विषालु सर्पले टोक्दा समयमै उपचार न पाएको कारण कतिपय बिरामीले ज्यान समेत गुमाउनु परेको कटहरिया–३ का शिक्षक कपिलदेव यादवले बताए ।
केही समय अघि कटहरिया–२ जमसनियाका अकलु दासलाई विषालु गोमन सर्पले टोकेको थियो । सर्पदंशलगतै उपचारका लागी कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादा त्यहाँ उपचार सम्भव नभएको बताएपछि उपचारको लागी ३० किलोमिटर टाढा गौर लैजाने क्रममा दासको बाटोमै मृत्यु भएको कटहरिया वडा १ का अध्यक्ष हरीन्दर साहले बताए ।
३० किलोमिटर टाढा गौर उपचारको लागि जानुपर्दा हजारौँ रकम खर्चसमेत भइरहेको पीडितहरुले बताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख अर्पणलाल कर्णले सर्प टोकाइको उपचारको लागि सबैभन्दा पहिले केन्द्रलाई सर्पदंश सेन्टर घोषणा गर्नुपर्ने, एन्टी स्नेक भेनम राख्न व्यवस्थापन र बिज्ञ एकजना हुनुपर्ने र २४औं घन्टा आकस्मिक उपचार सेवा सुचारु भएमात्र सर्प टोकाईको सुई लगाउन सकिने बताए ।
स्थानिय तहको गठनपछि जनताको प्रत्यक्ष स्वास्थ्य उपचारको लागि नगरपालिकाले लगानी गर्नुपर्ने भएकाले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा एन्टी स्नेक भेनमको व्यवस्थापनको लागी स्थानीय तहले चासो लिनुपर्ने माग नागरिकहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण