गणतन्त्र आयो तर सँस्कार आएन
गणतन्त्र आयो तर सँस्कार आएन
लोकतन्त्र आयो खै कता कता आयो?
लोकतन्त्रमा जनता बोल्छ ,सरकार सुन्छ।
यहाँ त सरकार बोल्छ जनता सुन्छ।
बोल्दा मुखछोप्नुपर्ने अनि
लेख्दा कलम भाँच्नुपर्ने
पत्रकारीता चौथो अंग कि चुथ्थो?
शिंंहदरबारको भ्रष्टाचार गाउँ गाउँ
उत्पीडित वर्गको देखिदैन भाउताउ
सोझालाई सोझो भने बिरोधी हुन्छ
सत्ताले जे भने नि सही हुन्छ?
बिचार बिना के साहित्य हुन्छ?
साहित्य त धर्तीमा जन्मन्छ,धतीमा फुल्छ।
कर्म गरे पो देश बन्छ ,
थोत्रागाला बजाएर के हुन्छ?
साहित्य त जीवन र जगतको प्रतिबिम्ब हो।
प्रगतिशील समाजबादी साहित्य
जनताको वास्तबिक साहित्य हो।
स्वन्त सुखाय साहित्य होइन।
सबैको हीतगर्ने कहाँ साहित्य हुन्छ?
यो त आदर्शबाद हुन्छ।
सारसंशोधनबाद हुन्छ।
सिर्जनशीलता मृगतिष्णा हुन्छ
न्यायालयले आर्तहरुको पुकार सुनोस
ढोका लगाएमा कसरी लोकतन्त्र हुन्छ?
यो त फासीबाद हुन्छ।
देश त बेहाल छ। सबै नक्कली छ।
पानी नक्कली, तरकारी नक्कली
जातपात सबै कृतिम नागरिकता पनि कृतिम
धर्म कृतिम रहन सहन सँस्कृति कृतिम
स्वास्थ्यमा खेलबाड डाक्टर कृतिम ।
निराशामात्र हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण