राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै
मङ्गलबार, ०३ भदौ २०७६, ०६ : ४३
निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।
अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ ।
चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ ।
राज्यले चुनावका बेला दललाई अनुदान दिनुपर्ने विषय पहिलेदेखिनै उठ्दै आएको भएपनि आयोगले यसलाई आफ्नो तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा पहिलोपटक समेटेको हो । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान
-
२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक
-
टिकटक बन्द गरेको असर र प्रभाव
-
जेठ १० सम्म सबै एकता समायोजन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय
-
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री
-
नारायणी नदीमा ‘सिग्नेचर’ पुलको शिलान्यास