अब जनताको मन जित्नेगरी काम गर्नुपर्छ: पौडेल
चितवन– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् ।
नेता पौडेलले भने, ‘सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो ।
नेता पौडेलले भने, ‘राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।’ फरक प्रसङ्गमा उनले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताए । कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो ।
लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उनले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण