बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा विशेष छुट मिल्ने

सोमबार, १६ भदौ २०७६, १८ : १५
सोमबार, १६ भदौ २०७६

काठमाडौं– महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरे ।  उक्त सम्झौता पत्र एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीचथेरापीमा ५%तथाक्यान्सर स्क्रिनिङ प्याकेजमा१०% आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप