यस्तो छ ‘लभ यु हमेशा’को फिलिपिन्समा खिचिएको शीर्ष गीत
काठमाडौ – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
कार्तिक २२ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले प्रचार प्रसारलाई तिव्रता दिन यो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनको अभिनय छ । फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङले स्वर दिएका छन् । भासुको शब्द र संगीत रहेको गीतको भिडियोमा कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।
धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।
फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्म रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्न लागेका हुन् ।
फिल्मका लेखक तथा निर्देशक भाष्कर प्रधान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण