यस्तो छ ‘लभ यु हमेशा’को फिलिपिन्समा खिचिएको शीर्ष गीत
काठमाडौ – त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
कार्तिक २२ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मले प्रचार प्रसारलाई तिव्रता दिन यो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनको अभिनय छ । फिलिपिन्सको समुन्टी तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङले स्वर दिएका छन् । भासुको शब्द र संगीत रहेको गीतको भिडियोमा कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।
धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो ।
फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ । फिल्म रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्न लागेका हुन् ।
फिल्मका लेखक तथा निर्देशक भाष्कर प्रधान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?