केन्द्रीय संस्करण

तीन महिना नबित्दै बिग्रियो कटहरियाको सिसिटिभी क्यामरा

person explore access_timeभदौ २०, २०७६ chat_bubble_outline1
file photo

रौतहट–रौतहटको कटहरिया बजार क्षेत्रमा सञ्चालनमा रहेको सिसिटिभी क्यामरा तीन महिना नबित्दै बिग्रिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणाअनुरुप जेष्ठको दोस्रो साता कटहरिया बजारमा सञ्चालनमा आएको सिसिटिभी क्यामरा बन्द भएको हो ।

कटहरिया नगरपालिकाको कुल १५ लाखको आर्थिक लगानीमा बजार क्षेत्रमा सञ्चालनमा रहेको सिसिटिभी क्यामरा तीन महिना न बित्दै बिग्रिएपछि लाखौंको लगानी बालुवामा पानी सरह भएको छ । बजार क्षेत्रमा रहेको सिसिटिभी क्यामरा बिग्रिएका कारण हाल सुरक्षा चुनौती समेत थपिएको नेकपा कटहरिया नगर अध्यक्ष योगेन्द्र साहले बताए ।

बजार क्षेत्रमा रहेका ब्यापार, पसल, आवत जावत गर्ने यात्रुलाई प्रत्यक्ष सुरक्षा दिने उदेस्य अनुरुप मेयर सियाराम कुश्वाहाको पहल तथा कुल १५ लाखको लागतमा गत असारको १५  गते सिसिटिभी क्यामरा जडानको कार्य पुरा भएको  थियो ।

१२ औं गणतन्त्र दिवसको अवसरमा गत जेष्ठ १६ गते प्रदेश सांसद कुन्दन कुश्वाहा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्री तथा सिडिओ किरणकुमार थापाले औपचारिक रुपमा असारमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बजारको नौ स्थानमा रहेको नाईट भिजन सिसिटिभी क्यामराले काम गर्न छोडेपछि हाल बजार क्षेत्रमा चोरीको घटनामा बृद्धि भएको छ । केहीदिन अघिमात्र मोटरसाईकलमा आएका चोर समूहले बजारमा रहेका अछेलाल साह र रामबाबु साहको घरमा प्रवेश गरी लाखौंको धनमाल लुटेका छन्  ।

मेयर सियाराम कुश्वाहाले बजार अतिक्रमण हटाउने क्रममा केही तार चुडिएको र बर्षाको पानी  क्यामरामा परेर काम गर्न छोडेको बताए ।  सिसिटिभी क्यामरा अगामी कातिक मसान्तभित्रै पुन सञ्चालनमा ल्याउने प्रतिवद्धता समेत उनले जनाए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Sept. 7, 2019, 8:18 p.m. Barun shah
    Jamai cctv chalna thalyo sir 3 choti maintenance bho ra time time ma didai xau 15 lakh ko cctv camera matra na bhayera 35 ota vapour light, intercom , finger attendance, networking, nagarpalika ma nai 12 ota ip camera 2000m 12 core ko fiber taar dauda ko ho maahasaye
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.