बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ
बुधबार, २५ भदौ २०७६, ०९ : ३१
बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
“सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”
किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा