भायनेटको ‘दशैं तिहार टिभीको उपहार’ योजना
काठमाडौं– नेपालको पहिलो एफटीटीएच इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट दशै तिहार टिभीको उपहार” नामक नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको एनईटीटीभीको साथ स्काई वर्थको ३२ र ४० इन्च टिभी भारी छुटमा प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टिभीका ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काई वर्थका एलईडी टिभी घरमै लैजान सक्नेछन् ।
वार्षिक २५,९९० प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एमवीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको एनईटीटीभीको साथ स्काई वर्थको ३२ इन्च टिभी घरमै लैजान सक्नेछन् । ग्राहकहरुको सुभिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले स्काई वर्थको ४० इन्च टिभि र इन्टरनेटको कम्बो प्याक पनि ल्याएको छ ।
वार्षिक ३४,५४५ प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५०एमवीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको एनईटीटीभीको साथ स्काई वर्थको ४० इन्च टिभी घरमै लैजान सक्नेछन् र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को डिस्काउन्ट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा