शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा स्काभेटरले किचेर १ जनाको मृत्यु

आइतबार, २९ भदौ २०७६, १३ : ५८
आइतबार, २९ भदौ २०७६

संखुवासभा– सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । 

तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो । भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप