केन्द्रीय संस्करण

जानकी मन्दिर तोडफोडका आरोपीले पाए सफाई

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0

जनकपुर – तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको  छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग प्रमाणित नभएकाले करिब एक दर्जनले आइतबार सफाई दिएको हुन् ।

धनुषा अदालतको इजलास नम्बर ७ का न्यायाधीश राजेश कटुवालले सुनाइउको फैसलामा अभियोग प्रमाणित नभएकोले सफाई दिएको अधिवक्ता कौशलेन्द्र लालले जनाए । राष्ट्रपति विद्यादेवी भण्डारी प्रकरणमा जानकी मन्दिरमा तोडफोडमा संलग्न रहेको दावी गर्दै दर्जनौ माथि लिखित जाहेरी दिएको थियो । 

तराई मधेशमा भएको ६ महिना नाकाबन्दीको क्रममा भएको विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आन्दोलनकारीले जनकपुर नआउन भन्दाभन्दै पनि  जानकी मन्दिरमा आएपछि अवस्था तनावग्रस्त उत्पन्न भएको थियो । 

सो क्रममा दर्जनभन्दा बढीमाथि मुद्दा लागेको थियो भने आरोपित भनिएका सुशिल कर्ण, शिला झा, अशोक प्रसैला यादव, विवेक चन्द्र अधिकारी, रामजी राय, सरिता शर्मा, रामचन्द्र चौधरी, सीता देवि, बिमला देवि लगायतकाहरुको तर्फबाट अधिवक्ताहरु राम चन्द्र महतो, कौशलेन्द्र लाल कर्ण, श्याम यादव, दिपेन्द्र साह, कृष्ण झा,अबदुल अजिज लगायतकाले बहस गरेका थिए।

अभियोग लागेका मध्य तत्कालीन सदभावना पार्टी धनुषाका नेता रामचन्द्र चौधरीको निधन भइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.