केन्द्रीय संस्करण
सन्दर्भ : विज्ञान दिवस

विज्ञान र विज्ञान क्षेत्रमा काम गर्ने मान्छेलाई समाजसँग जोड्नु पनि दिवसको विशेष उद्देश्य हो

खगोलको रमाइलो पाटो भनेको हामीले भूतमात्र देख्न सक्छौँ, भविष्य देख्न सक्दैनौँ : खगोलविद् सुरेश भट्टराई

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline0

अवसरहरुको चाङले बारम्बार बोलाइराख्दा,  अनि विदेशमा बसेर आधुनिक सुख, सयल र सुविधाहरु मनग्गे भोग्ने ल्याकत र क्षमता हुँदा हुँदै पनि नेपालमै बसेर विज्ञानको क्षेत्रमा क्रियाशील थोरै खगोलविज्ञहरुमध्येका एक हुन् सुरेश भट्टराई । विदेशका सुख, सयलको मोहपासमा नपरिकन,  विज्ञान प्रविधिलाई आम जनमानससम्म पुर्‍याउन अहोरात्र लागिपरेका भट्टराई नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष पनि हुनुहुन्छ । विज्ञान दिवसको अवसर पारेर युवा खगोलविद् भट्टराईसँग रातोपाटीका लोकेन्द्र भट्टले गरेको कुराकानीको सारसंक्षेप ।

तपाईँको बुझाइमा विज्ञानको परिभाषा के हो?

कुनै पनि कुरा तथ्यको खोज, त्यसको प्रकृति र स्वभावलाई बुझेर अब हुनसक्ने सम्भावना र विगतमा भएका कुरारुलाई पनि अनुमान वा आंकलन सक्ने विधालाई  विज्ञानका रुपमा परिभाषा गर्न सक्छौँ । यसले प्रकृतिक नियमहरुलाई सरल भाषामा बुझ्न र बुझाउन सहयोग गर्दछ । अवलोकन, अनुसन्धानबाट कुनै कुराको नयाँ आविस्कार हुनु पनि विज्ञान हो ।

असोज १ गते विज्ञान दिवस मनाईँदै छ । यसको अर्थ के छ?यसलाई कसरी बनाउने तयारी भइरहेको छ?

नेपालमा विज्ञान दिवस मनाउन थालेको धेरै भएको छैन । २०६९ सालको मन्त्रिपरिषदको बैठकबाट विज्ञान दिवस मनाउने निर्णय पास भएपछि ०७० सालबाट यो दिवस मनाउन थालिएको छ । अहिले हामी ७ औँ विज्ञान दिवस मनाउँदैछौँ ।

यो दिवस मनाउने आवश्यकता वा अर्थ भनेको विज्ञान शिक्षालाई संस्थागत हिसाबले आम जनमानसमा पनि पुर्‍याउनु छ । हाम्रो उत्सवमय संस्कार छ । उत्सवमय संस्कृति भएको मुलुकमा विज्ञानलाई पनि जनमानसमा पुर्‍याउनका लागि उत्सवका रुपमा मनाउनु आवश्यक देखियो । तर मान्छेले सबै दिन विज्ञान दिवस नै हो पनि भनिदेलान् तर त्यो सैद्धान्तिक कुरा मात्र हो । व्यवहारिक कुरा गर्दा कुनै एउटा डेडलाइन जस्तो पर्वका रुपमा मनाउनु आवश्यक छ ।

यसरी विज्ञान दिवस मनाउन थालियो भने यसको सेरोफेरोमा धेरै कुराहरु हुन्छन् । अहिले पनि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । यसमा सरकार पनि सकारात्मक देखिएको छ । केही दिन अघि विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गर्दा उहाँले सकारात्मक रुपमा लिनु भएको पाइयो । विज्ञानबारे जनमानसमा छाप पार्नका लागि यसरी पर्वका रुपमा मनाउनुको विकल्प देखिँदैन ।

*******

समाजले विज्ञानका क्षेत्रमा काम गर्ने मान्छेलाई असामाजिक प्राणीका रुपमा बुझेको पाइन्छ । विज्ञान र विज्ञान क्षेत्रमा काम गर्ने मान्छेलाई समाजसँग जोड्नु पनि दिवसको विशेष उद्देश्य हो ।

*******

२०१३ सालमा अस्कल क्याम्पस स्थापना भएको थियो । त्यसका संस्थापक अमृत प्रधान हुनुहुन्थ्यो । उहाँको निधनपछि उहाँको योगदानको कदर स्वरुप अमृत साइन्स क्याम्पसको नामाकरण गरिएको हो । त्यही क्याम्पसको स्थापना दिवसलाई आधार मानेर विज्ञान दिवसको सुरुवात भएको हो ।

तर यो अमृत दिवस होइन, विज्ञान दिवस नै हो । समाजले विज्ञानका क्षेत्रमा काम गर्ने मान्छेलाई असामाजिक प्राणीका रुपमा बुझेको पाइन्छ । विज्ञान र विज्ञान क्षेत्रमा काम गर्ने मान्छेलाई समाजसँग जोड्नु पनि दिवसको विशेष उद्देश्य हो ।

अहिलेको अवस्थामा विज्ञान र प्रविधिको क्षेत्रमा नेपालको स्थान कहाँ छ?

विज्ञान प्रविधिको प्रचार प्रसार वा त्यसको शैक्षिक स्थिति तथा अनुसन्धानको स्थितिको अवस्था दयनीय नै छ । विश्वसामु यस क्षेत्रमा नेपालको उपस्थिति कहाँ छ भनेर भन्न सकिने अवस्था छैन । प्रविधिका हिसाबले विश्वबजारमा आइफोनको नयाँ संस्करण आउना साथै तपाईँ हाम्रो हातमा आइपुग्छ । प्रविधिमा हामी पछाडि होइन । चलाउने हिसाबमा त्यति परिचित नहौँला । यता विज्ञान  प्रविधिको कुरा छ ।

विज्ञान र प्रविधि एउटै कुरा होइन । हाम्रो नीति निर्मातादेखि संचार माध्यमले पनि विज्ञान र प्रविधि बुझेको जस्तो देखिँदैन ।

*******

तर विज्ञान र प्रविधि एउटै कुरा होइन । हाम्रो नीति निर्मातादेखि संचार माध्यमले पनि विज्ञान र प्रविधि बुझेको जस्तो देखिँदैन । किनभने कुनै कुनै प्रविधिको कुरा आएको हुन्छ । तर त्यहाँ विज्ञानलाई पनि जोडिएको हुन्छ । विज्ञान र प्रविधि त एउटा हुँदै होइन । जस्तै कसैले केही  वस्तुको आविस्कार गर्‍यो । केही देखेर  कुनै वस्तु बनायो भने त्यहाँ प्रविधिको मात्र चर्चा गरिएको हुन्छ । तर विज्ञानको चर्चा त्यसमा कहीँ कतै भएको पाइँदैन ।

*******

प्रविधिलाई बुझ्नका लागि चाहिने जनशक्तिको वैज्ञानिक पृष्ठभूमिको खाँचो छ । त्यो जनशक्ति हाम्रोमा छैन । हामीसँग टेक्निसियन छन्,इन्जिनियर मुस्किलले छन् ।

*******

विज्ञानलाई समाचार लेख्ने ६ प्रश्नले समेट्न सक्दैन । जसकारणले पनि विज्ञान र प्रविधिलेको विकासमा ग्याप देखिन्छ । हामी प्रविधिमा अगाडि गयौँ । विश्वमा सबै प्रविधिलाई आत्मसात गरौँ । तर प्रविधिलाई बुझ्नका लागि चाहिने जनशक्तिको वैज्ञानिक पृष्ठभूमिको खाँचो छ । त्यो जनशक्ति हाम्रोमा छैन । हामीसँग टेक्निसियन छन्, इन्जिनियर मुस्किलले छन् ।

राज्यलेविज्ञानर प्रविधिको क्षेत्रलाई कत्तिको प्राथमिकता देखिएको पाउनु भएको छ ?

सरकारले विज्ञान र प्रविधि के हो भन्ने कुरा नै बुझेको छैन । सरकारले प्रविधिलाई विज्ञान भनेर बुझिरहेको पाइन्छ । गल्ती त्यहाँनिर भइरहेको छ । सरकार एक वर्षमा प्रतिफल चाहियो भन्छ, त्यो प्रविधि हो । विज्ञानलाई समय लाग्छ ।

विश्वमा आविस्कार हुने जति सबै कुरा भइसकेको छ । विश्व वैज्ञानिक जगत् भएको आविस्कारलाई परिस्कृत गर्न लागि परेको छ । तर सरकारले त्यो कुरा बुझेको छैन । आविस्कार गर्नु पर्यो भन्छ, अब आविस्कार होइन, ‘अप्टिमाइजेशन’को जमान आइसक्यो ।

*******

विश्वमा आविस्कार हुने जति सबै कुरा भइसकेको छ । विश्व वैज्ञानिक जगत् भएको आविस्कारलाई परिस्कृत गर्न लागि परेको छ । तर सरकारले त्यो कुरा बुझेको छैन । आविस्कार गर्नु पर्यो भन्छ, अब आविस्कार होइन, ‘अप्टिमाइजेशन’को जमान आइसक्यो ।

अर्को कुरा सरकारले विज्ञान जस्तो कुरालाई पनि आर्थिक वर्षभित्र सम्पन्न हुनपर्यो भन्छ । त्यस्तो तरिकाले पनि कही विज्ञान हुन्छ ? सरकारले नेपालको वैज्ञानिक जगतलाई भन्न सक्नुपर्‍यो तपाईंको आइडिया के हो ? कति पैसा चाहियो ? सरकारले के सहयोग गर्नुपर्ने हो भनेर । नीति निर्माताहरु पनि केही त राम्रै छन । राम्रै पढेका, देश विदेश घुमेका उहाँलाई पनि लाग्दो हो अन्य ठाउँको जस्तो विकास गर्न  । तर उहाँहरुले किन त्यो कुरा समाजिक रुपान्तरण गर्न सकिरहेका छैन ? प्रश्न यहाँनिर पनि हो ।

नेपालमा ब्रेनड्रेनको समस्या आम समस्याको रुपमा रहँदै आएको छ । यसका कारण के के हुन?यसलाई कसरी रोक्ने?

ब्रेनड्रेन शब्दनै अब्सुलेड भइसक्यो । किनभने ब्रेनड्रेनको सट्टा ‘ब्रेनगेन’ आइरहेको छ । ब्रेनड्रेन युवाहरुमा देखिएको समस्या हो । तर संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टले युथ माइग्रेसन फर डेप्लोमेन्ट भनेको छ । त्यो रिपोर्टले युवा एउटा ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्छन् भने विकास हुन्छ भनेको छ । यो कुरा त उल्टोपाल्टो भयो नि ।

*******

भने आज विहान मात्र विदेशमा बसेर विभिन्न अनुसन्धानकर्तासँग कुरा गरे । उहाँहरु नेपाल आउन चाहिराख्नुभएको छ । तर देशमा त्यो खालको माहोल नै छैन ।

*******

तर नेपालको कुरा गर्ने हो भने आज विहान मात्र विदेशमा बसेर विभिन्न अनुसन्धानकर्तासँग कुरा गरे । उहाँहरु नेपाल आउन चाहिराख्नुभएको छ । तर देशमा त्यो खालको माहोल नै छैन । उनीहरु आफू अनुकूलको वातावरण नभएसँग आउन पनि चाहिरहनु भएको छैन । उहाँहरुले रिक्स लिन खोज्नु भएको छैन  भने राज्यले पनि बोलाउन खोजको देखिँदैन ।

तपाइँले युवाहरुको भविष्यको सरकारले ग्यारेन्टी गर्ने सकेन भन्नुभयो । तर तपाईं आफैंको रुचिमा किन परेन विदेश?

यो मेरो भनाइ होइन । विदेशमा बस्ने अनुसन्धानकर्ताहरुको हो । तर उहाँहरुको र मेरो फरक मत छ । त्यसैले म यतै बसिरहेको छु । हामीले कागजमा प्रविधिका कुरा गरेर भएन, कागजमा क्रान्तिका कुरा गरेर भएन, प्रयोगमा पनि ल्याउनु पर्‍यो भन्ने हो । यहाँ राज्यले पनि दक्ष युवा जनशक्तिका लागि अनुकूल वातावरण बनाइ नदिएको साँचो हो ।

*******

हामीले कागजमा प्रविधिका कुरा गरेर भएन,कागजमा क्रान्तिका कुरा गरेर भएन,प्रयोगमा पनि ल्याउनुपर्‍योभन्ने हो । यहाँ राज्यले पनि दक्ष युवा जनशक्तिका लागिअनुकूलवातावरण बनाइ नदिएको साँचो हो ।

*******

तर युवाहरुले यो भयो भने बस्छु, नभए विदेश जान्छु भनेर राज्यलाई घुर्किलगाइरहेका छन् । यहाँनिर एक किसिमको द्वन्द्व छ । पढाइ लेखाइ नहुँदा पढाइ दिनुस् भनेर घुर्की लाउने र पढाइ दिए तैले काम दिनस् भनेर घुर्की लगाएर हिँड्ने संस्कारको विकास भइएको छ । सबै मिलेर केही गरौँ भन्ने सोच राज्यदेखि युवासम्म पलाउन जरुरी छ ।

सरकारले युवा जनशक्तिको भविष्य सुनश्चित नगरेको त साँचो हो नि?

तपाईँले भने जस्तो विज्ञानको क्षेत्रमा कुरा गर्ने हो भने यहाँ विज्ञान शिक्षकको कमी छ । अर्कोतिर विद्यार्थीमा पनि समस्या देख्छु । विद्यार्थीले हामीलाई राम्रो पढाइ दिनुहोस् भनेर कहीँ कतै आन्दोलन गरेको देखिँदैन । बरु हामीलाई प्रयोगात्मक परीक्षामा नम्बर कम किन दिएको भनेर क्याम्पसमा तालाबन्दी गरिरहेका हुन्छन् ।

*******

विद्यार्थीले हामीलाई राम्रो पढाइ दिनुहोस् भनेर कहीँ कतै आन्दोलन गरेको देखिँदैन । बरु हामीलाई प्रयोगात्मक परीक्षामा नम्बर कम किन दिएको भनेर क्याम्पसमा तालाबन्दी गरिरहेका हुन्छन् ।

*******

म त्रिचन्द्र क्याम्पसमा पढाउँछु । त्यहाँ अहिले नम्बर कम दिएको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको छ, राम्रो पढाइ दियौँ भनेर होइन । हामीमा शिक्षालाई नम्बरसँग तुलना गर्ने नीति छ । पहिले त नीतिगत सुरधारका आवश्यक पनि देखिन्छ । सरकारले रोजगारीका क्षेत्रको सिर्जना गर्न सकेको छैन भने विद्यार्थी भनौं वा युवा उहाँहरु पनि सिर्जनशील नदेखिँदा ब्रेनड्रेनको समस्या हो ।

 नेपालले अन्तरिक्षमा उपग्रह पठाएको छ । त्यसको स्टेसन पनि नेपालमै स्थापना भइसकेको छ । यसले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालका लागि के अर्थ राख्छ?

यो प्रविधिको कुरा भयो । विज्ञानको कुरा होइन । यो प्रविधिमा भएको एउटा प्रयोग हो । त्यसमा विज्ञान छैन । त्यो प्रविधिबाट आउने सूचनामा विज्ञान गर्न सकिन्छ ।  जापानमा दुई जना वैज्ञानिकले नेपाल सेट वान बनाए भनेर आयो । पहिले त उहाँहरु वैज्ञानिक होइनन्, उहाँ इन्जिनियर हुन । उहाँहरुले अहिले अध्यायन गरिरहेका छन् । नेपालले त्यसमा दुई करोड खर्च गर्यो भनिएको छ । तर सबै खर्च नेपालले गरेको होइन । यसको जम्मा खर्च ४ करोड हो । त्यसमा दुई करोड नेपालले खर्च गरेको हो भने २ करोड संयुक्त राष्ट्रसंघले गरेको छ । त्यो कुरा कही चर्चा गरिएको छैन । विकासोन्मुख देशहरुमा अन्तरिक्ष कार्यक्रममलाई विकास गर्नका लागि सहयोग गर्नुका लागि बनाइएको कार्यक्रमअन्तरगत दुई जना इन्जिनियरहरु छात्रवृत्तिमा पढिरहेका छन् । अन्तरिक्ष इन्जिनिरिङ कोर्समा यो साइड प्रोजक्ट जस्तो हो । त्यसमा पनि सम्बन्धित देशले लगानी गरेको खण्डमा यो प्रोजेक्टका लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्छ ।

नेपालले अन्तरिक्षमापठाएकोउपग्रहलेनेपालका लागि ठूलो अर्थ राख्छ । तर समाचारमा आए जस्तो भने होइन । यसले विपत व्यवस्थापन गर्न सक्दैन ।

*******

नेपालले अन्तरिक्षमा पठाएको उपग्रहले नेपालका लागि ठूलो अर्थ राख्छ । तर समाचारमा आए जस्तो भने होइन । यसले विपत व्यवस्थापन गर्न सक्दैन । यसको रेजुलेशन भनेको ३ सय मिटरको फोटो खिच्ने हो । ३ सय मिटर भन्दा २५० मिटरबीचको कुरा के हो यसले छुट्याउन सक्दैन । त्यसैले यो प्रविधिको प्रयोग मात्र हो ।

ठूलो अर्थ भन्नाले?

माध्यमिक तहमा पुगिसकेका विद्यार्थीलाई त यो कुराले छुँदैन । तर उनीहरुमा यो देशमा केही पनि हुँदैन भन्ने कुरा दिमागमा सेट भइसकेको छ । तर यो समाचारहरुले  पछिल्लो पुस्ता तथा अहिले विज्ञान क्षेत्रतिर आउन रुची भएका बालबालिकामा राम्रो छाप परेको छ ।

*******

प्रविधिमा धेरै ठूलो फड्को नभएपनि यसले बोकेको सन्देश भनेकै नेपाली बालबालिकामा आत्मविश्वास आएको छ । 

*******

नेपालले यस्तो उपग्रह बनाउ सक्दो रहेछ, हामीले पनि बनाउन सक्दा रहेछौँ, गरेपछि हुँदो रहेछ भन्ने सन्देश गएको छ ।  प्रविधिमा धेरै ठूलो फड्को नभएपनि यसले बोकेको सन्देश भनेकै नेपाली बालबालिकामा आत्मविश्वास आएको छ ।  साथै यसबाट हाम्रा दुई जना सेटलाइट टेक्निसियन बने । उहाँहरुले अन्तरिक्षको भूउपग्रहसम्बन्धी तालिम लिनुभयो । उहाँहरुलाई थाहा भयो अब कसरी सेटलाइट बनाउने भनेर अरुलाई सिकाउन सक्नुहुने भयो । कसरी उडाउनु पर्ने रहेछ ? यसको प्रक्रिया के हो ? कति खर्च लाग्दो रहेछ भन्ने तमाम ज्ञान उहाँहरुले पाउनुभयो । अब उहाँहरुले अरुलाई यसको ज्ञान दिनुहुन्छ । यसबाट हामीसँग दुई जना अन्तरिक्षलाई राम्रोसँग बुझ्ने मान्छेहरु त नेपालले पनि तयार पार्यो । नेपाल सरकारले फ्रान्स सरकारसँग सूचनासम्बन्धी सेटलाइट राख्नलाई सहमति गरिसकेको छ । त्यसको ग्राउण्ड स्टेसन पनि सिंहदरबारमा बन्दैछ ।

विज्ञानका विभिन्न हाँगाविगाहरु मध्ये तपाईँले खगोल विज्ञानलाई रोज्नु भएको छ । खगोल विज्ञान भनेको के हो?

मान्छे जन्मिएपछि पहिला उसले खगोल विज्ञान नै अध्ययन गर्यो । खगोल विज्ञानको सबै भन्दा बढी प्रभाव बालबालिकामा देखिन्छ ।  हाम्रो अभियान भनेको विज्ञानलाई जनसम्पर्कको भाषा जस्तो बनाउने, समाजसँग जोड्ने काम गरिरहेका छौँ । विज्ञानदेखि तर्सिने होइन, यसप्रति उत्सवको भावना जागृत गर्ने हाम्रो अभियान छ ।

*******

हामीले गर्ने विज्ञान पश्चिमा विज्ञानको उदाहरणसँग जोडर हेर्छौं । तर त्यसलाई हामी वरिपरीका कुरासँग जोडेर हेर्न खोज्दैनौँ । त्यो नजोडिँदा त्यसलाई आत्मसात गर्न सकेनौँ ।

*******

हामीले गर्ने विज्ञान पश्चिमा विज्ञानको उदहारणसँग जोडर हेर्छौं । तर त्यसलाई हामी वरिपरीका कुरासँग जोडेर हेर्न खोज्दैनौँ । त्यो नजोडिँदा त्यसलाई आत्मसात गर्न सकेनौँ । त्यो आत्मसात गर्नका लागि खगोल विज्ञान उत्तम माध्यम हो ।

ज्योतिष विज्ञान र खगोल विज्ञानबीचको अन्तरसम्बध र अन्तरविरोधहरु के के हुन्?

हेर्दा ज्योतिष विज्ञान र खगोल विज्ञान उस्तै हो भन्ने छ । मलाई पनि खगोलविद् भनेर लेख्दिनु हुन्छ । ज्योतिषलाई पनि खगोलविद् लेखिदिनुहुन्छ । यसले यी दुई विज्ञानबीच एक किसिमको भ्रम छ ।

*******

चिट्ठा पर्ने कुरा आधुनिक खगोल विज्ञानको साँचोमा फिट हुँदैन,ज्यतिष विज्ञानमा फिट हुन सक्ला । हाम्रो दृष्टिकोणबाट हेर्दा ज्योतिष शास्त्रका गतिविधि वैज्ञानिक होइन ।

*******

ग्रहण मिलाउने कुरा र भविष्य मिलाउने कुरा फरक फरक कुरा हो । सैद्धान्तिक ज्योतिष छ जसले गणितिय सुत्रहरु प्रयोग गर्छ । हामीले प्रयोग गर्ने खगोल विज्ञानले पनि गणितीय सुत्र प्रयोग गर्छ । उता सैद्धान्तिक ज्योतिष भन्छन् यता आधुनिक खगोल विज्ञानलाई पोजिशनल एस्ट्रोनोमी भन्छ । खगोल विज्ञानको एउटै काम भनेको समय थाहा पाउनका लागि हो । चिट्ठा पर्ने कुरा आधुनिक खगोल विज्ञानको साँचोमा फिट हुँदैन, ज्यतिष विज्ञानमा फिट हुन सक्ला । हाम्रो दृष्टिकोणबाट हेर्दा ज्योतिष शास्त्रका गतिविधि वैज्ञानिक होइन ।

नेपालमा खगोल विज्ञान पढ्नेहरुको लागि भविष्य कस्तो छ?

खगोल विज्ञानमै डिग्री पढ्ने व्यवस्था नेपालमा छैन । तर भविष्य आफूले बनाउने हो जस्तो लाग्छ । खगोलको रमाइलो पाटो भनेको हामीले भूतमात्र देख्न सक्छौँ, भविष्य देख्न सक्दैनौँ भन्छ । आकाशमा हामी जति टाढा हेर्छौ नि वास्तमा हामी भूतमा हेरिरहेका छौँ । भूतमा भएका कुराहरुको अवलोकन, अनुसन्धान र मनन गरेर भविष्यमा के हुन सक्छ भन्ने कुरा खगोल विज्ञान हो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...