मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
बिहीबार, ०२ असोज २०७६, १८ : ५६
मोरङ –प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २ गते उक्त ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले उद्घाटन गरे ।
मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।
सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै