संविधान दिवसको पूर्वसन्ध्यामा बाबुरामको खुलासा: मैले राखेको त्यो प्रस्ताव काँग्रेसले मानेन
काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माण कार्यलाई आफूले कम्तीमा एक हप्ता लम्ब्याउन आग्रह गरेको तर काँग्रेसका नेताहरुले नमानेको खुलासा गरेका छन् ।
‘संविधानको ३०८ धाराका बारेमा छलफल हुनुपथ्र्यो, त्यति नगरेपनि कम्तीमा छलफलका लागि एक हप्ता अझै समय दिउँ भनि आग्रह गर्दा काँग्रेसका नेताहरुले मानेनन्’ उनले भने । हतारमा संविधान निर्माण गरिएको हुनाले त्यो अपूर्ण रहेको बताउँदै उनले त्यही भएर आफूले ग्लास आधा भरिएको तथा आधा खाली रहेको अभिव्यक्ति दिएको बताए ।
संविधान दिवसको पूर्वसन्ध्यामा समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले आज पत्रकारसँगको भेटघाटमा संविधान दिवस र कालो दिवस दुवै अतिवादी सोच भएको बताए । सरकारले पञ्चायती शैलीमा संविधान दिवस मनाउन थालेको भन्दै उनले गुनासो पनि गरे ।
संविधान संशोधनको लागि कुरा उठेको विषयलाई मत्थर पार्नका लागि सरकारले तामझामका साथ संविधान दिवस मनाउन लागेको दावी गर्दै अध्यक्ष भट्टराईले यो दिवस पञ्चायती शैलीको हुन लागेको दाबी गरे ।
उनले विदेशी बुहारीलाई नागरिकता दिनका लागि विधि केही खुकुलो बनाउनुपर्ने बताए । ‘भारतमा ७ वर्षपछि नागरिकता दिन्छ भने नेपालमा पनि त्यसैगरि दिनुपर्छ भन्ने होइन, अलिकति केही समय राखेर नागरिकता दिनुपर्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा