शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल र युनाइटेड विजयी

बिहीबार, ०९ असोज २०७६, ०९ : ०६
बिहीबार, ०९ असोज २०७६

इङ्लिस प्रिमियर लिगको बलिया टोली लिभरपुल र म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लिभरपुलले दोस्रो श्रेणीको क्लब मिल्टन केनिस डन्सलाई २–० गोलले हरायो । म्यानचेस्टर युनाइटेडले पनि दोस्रो श्रेणीको रोचदाले क्लबलाई टाईब्रेकरमा ५–३ गोलले पराजित गर्यो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । ४१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ६९औं मिनेटमा होइभरले गोल गर्दै लिभरपुलको जित पक्का बनाए ।

अर्काे खेलमा युनाइटेड र रोचदालेले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा युनाइटेडका लागि । ६८औं मिनेटमा मासन ग्रीनवुडले गोल गरे । त्यसपछि रोचदालेका ७६औं मिनेटमा लुकी म्याथिन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा युनाइटेड भाग्यमानी बनेको थियो ।

बुधबार रातिनै भएको अन्य खेलमा चेल्सीले ग्रिम्सवीलाई ७–१ गोलको फराकिलो अन्तरले हरायो । एस्टन भिल्लाले ब्राइटनलाई ३–१, अक्सफोर्ड युनाइटेडले वेस्टहामलाई ४–०, सन्डरल्यान्डले सेफिल्ड युनाइटेडलाई १–० र वल्भरह्यामटन वान्डरर्स रिडिङलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै चौथो चरणमा प्रवेश गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप