श्री लालीगुराँसले मनायो २१ औं वार्षिकोत्सव, ६ स्थानमा सेवाकेन्द्र थप्नेखोल्ने घोषणा
काठमाडौं – श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही, सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाले केक काटेर वार्षिकोत्सव मनाएका हुन् ।
उक्तकार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१ औंं वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरुअघि बढाउदै लैजाने बताए।
संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए ।
संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको छ । अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको संस्थाले जनाएको छ ।
३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको भण्डारीले बताए । संस्थाको प्रगतिमा साथ दिने सदस्यलाई आगामी दिनहरुमा संस्थाबाट प्रदान गरिने सेवा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने संस्थाले जनाएको छ ।
गएको वर्ष ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश ३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाले ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्षभित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।
संस्थाले आफ्ना शेयरसदस्यलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराइरहेको मात्र नभई ३ सयभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराइरहेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक भण्डारीले संस्थाले सहकारीको ऐन, नियम र मापदण्ड अनुसार नयाँ योजना अघि बढाउने बताए।
२०५६ सालको असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा संस्थाको बहुउद्देश्यी लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस मावि र कलेज, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लिमिटेडलगायत संघ÷संस्थामा लगानी गरेको संस्थाले जनाएको छ ।
संस्थाले संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिम प्रदान गर्दै आइरहेको छ ।
संस्थाले २०७६ चालु वर्षभित्र श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गर्न निर्माण कार्य अगाडि बढाईएको छ । अत्याधुनिक गाई फार्ममा हाल करिब ५ सय गाई रहेका छन् ।
यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास माविमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा श्रीलालीगुँरास अस्पताले निशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा