शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री ओली

बुधबार, १५ असोज २०७६, २१ : ०९
बुधबार, १५ असोज २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले विस्तार गरेको हाई स्पीड इन्टरनेट 'फोरजी' सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा भिडियो कन्फरेन्सबाट फोरजी सेवाको उद्घाटन गर्दै फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुेमा जोड दिएका हुन्  । बुधबारबाट ३६ जिल्लामा एकसाथ फोर जी सेवाको शुभारम्भ भएको छ । 

प्रधानमन्त्री ओली र प्रदेश ७ का मुख्यमन्त्रीले भिडियो कन्फरेन्सबाट फोर जी उद्घाटन गरेका थिए । उनले भने, ‘अप्टिकल फाईबरको काममा ठिला गर्ने र  राष्ट्रलाई नोक्सान पुर्याउनेलाई कारबाही गर्ने हुन्छ । समयमा काम गर्न सक्ने भए गर्न र नसक्ने भए छाड्ने ।’

यस्तै सुचना तथा संचार मन्त्री गोकुल बास्केटाले अप्टिकल फाईबरको काम तीव्र गतिमा गर्न निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप