चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता र नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट आफू प्रभावित भएको जिकिर गरेका हुन् ।
सीले चीन र नेपालबीचको मित्रता हिमालयजस्तै उच्च र शानदार रहेको बताउँदै यसले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको उल्लेख गरे ।
भेटमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभाको तर्फबाट राष्ट्रपति सीलाई स्वागत गर्दै उनलाई स्वागत गर्न पाउनु नेपाली जनताको लागि गर्वको विषय भएको बताए ।
चिनियाँ राष्ट्रपति सीको कुशल नेतृत्वमा चीनले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको बताउँदै तिमिल्सिनाले राष्ट्रको कायाकल्प गर्ने चिनियाँ सपना अवश्य पूरा हुने आशा व्यक्त गरे ।
उनले चीनले नेपाललाई गर्दै आएको दीर्घकालिन र निःस्वार्थ सहयोगका लागि धन्यवाद दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याए । उनले नेपालमा कुनै पनि शक्तिलाई चीन बिरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता पनि जनाए ।
तिमिल्सिनाले नेपाल बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुन पाउँद भाग्यमानी भएको बताउँदै यो परियोजना अझ ठूलो सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
उनले नेपालको राष्ट्रय सभा चिनियाँ सांसदहरुसँगको सम्बन्धलाई विस्तार गर्दै नेपाल र चीनको मित्रतालाई अझ प्रबद्र्धन गर्न तयार रहेको जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?