रौतहटमा गोली चल्यो, भारतीय नागरिक घाइते
बुधबार, १३ कात्तिक २०७६, २० : ०३
रौतहट – रौतहटको गौर नगरपालिकामा बुधबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका हुन् ।
गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा