शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिक गायक प्रमोद खरेलले स्टेजमा ‘रकस्टार’को शैली देखाएपछि...

बिहीबार, २१ कात्तिक २०७६, १० : ०४
बिहीबार, २१ कात्तिक २०७६

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन् । उनको ‘म बिना कसै कसैलाई’ बोलको गीत निकै चर्चित छ ।

यसै गीतमा आफ्नो प्रस्तुती दिनेबेला आधुनिक गायक प्रमोदले ‘रकस्टार’ को शैली अपनाएका छन् । साधारणतया रक विधा अपनाउने गायकले स्टेजमा आफ्नो प्रस्तुती दिँदा संगीतको तालमा झुमेर ‘हेड ब्याङ्ग’ गर्ने, आफ्नो लामो कपाललाई संगीतको तालमा नचाउने, टाउको निहुराएर कपाल अगाडि ल्याएर झुम्नेलगायतका व्यवहार गर्छन् । यो शैली हामीले विशेषगरी रकस्टारले अपनाएको देख्दै आएका छौं र उनीहरुलाई यस्तो गरेको निकै सुहाउँदिलो पनि हुन्छ ।

तर प्रमोदको यो तरिका धेरैलाई मनपरेको भने छैन । नेपाली टिकटकले आफ्नो इन्स्टाग्राम पेजमा स्माइली मुना नामको अकाउन्टबाट सेयर गरिएको प्रमोदको उक्त प्रस्तुतीको छोटो क्लिप प्रकाशित गरेको छ । यो भिडियाले चार दिनभित्र ४२ हजार बढी भ्यू पाइसकेको छ ।

उक्त भिडियो नेपालको निकै चर्चित रक ब्यान्ड ‘द स्याडोज नेपाल’ का फ्रन्टम्यान स्वप्निल शर्माले आफ्नो फेसबुक पेजमा सेयर गरेका छन् र क्याप्सनमा लेखेका छन्, ‘मा कसम ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

One and only @kharelpramod 💟 Fully entertained #voiceofnepal #pramodkharel

A post shared by Tiktok 🇳🇵Nepal Official (@nepaltiktok) on

स्वप्निलले प्रमोदको उक्त भिडियो किन सेयर गरे भनेर जिज्ञासा पनि राखिएको छ ।

सुशिल क्षेत्री नामका एक प्रयोगकर्ताले उनलाई सोधेका छन्, ‘दाइ तपाईंले कुन वेमा सेयर गर्नु भा’का ? सकारात्मक वा नकारात्मक ?’

यसका साथै स्वप्निलको यो पोष्टमा टम्बलविड इंकका गितारिस्ट र श्री ३ का गितारिस्ट एवं गायक शरद श्रेष्ठले पनि प्रतिक्रिया दिएका छन् । यसमा उनले लेखेका छन्, ‘हाहा स्वप्निल । हरिब हो । अब हामी सँगै वनवास जाऔं ।’

कतिले प्रमोदले अपनाएको उक्त स्टाइलमा कटाक्ष पनि गरिरहेका छन् ।

अंकित ढकाल नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘टाइलर, ओजी, फ्रेडीलगायतलाई अब किन सुन्ने, जब हामीले यस्तो खालको कडा खालको संगीत सुन्न पाउँछौं । अब यहाँ प्रस्तुतीको त कुरै नगरौं ।’

यस्तै सुदेन राजभण्डारीले लेखेका छन्, ‘हाहा कडा हेड ब्याङ्ग दिएछन् ब्रोले... जे होस् भोइसको हावाले कडा नै छोयो जस्तो छ ।’

Hsednas Ihsoj नामका अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘कृपया, जेम्स ह्याटफिल्डलाई यो हेर्नबाट प्रतिबन्ध लगाउनुहोस् । उनको हृदयघात होला ।’

यस्तै, प्रज्वल बस्नेतले लेखेका छन्, ‘राष्ट्रिय रकस्टार घोषणा गरियोस् ।’

साथै, प्रनाज गिरीले लेखेका छन्, ‘वाह, खत्रा गीत र प्रस्तुती । त्यहाँको भीडलाई पनि मान्नै पर्छ ।’

यस्तै, सानुसुजानिना गुरुङ्ले लेखेक छन्, ‘जो कोही होस् तर मलाई यस्तो पच्दैनँ । कपाल लामो भयो भन्दैमा जे पनि गर्न पाइन्छ ? चिया खाएर रक्सी खाए झैँ पो गर्छ त बा... ।’

यस्तै रेखा नेपालीले लेखेकी छिन्, ‘आधुनिक गायक हुन् कि रक गायक ? अलमल्लमा परेँ तर प्रशंसकको समर्थन चाँही हो है ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप